तपाईँ सुन्दै हुनुहुन्छः

सूर्य नेपाल प्रिमियर गल्फको उपाधि गल्फर शुक्रबहादुर राईलाई

काठमाडौँ । धरानका प्रोफेसनल गल्फर शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फको उपाधि जितेका छन् ।

गोकर्ण गल्फ क्लबमा बिहीबार ३ अन्डर ६९ को स्कोरसहित समग्रमा १९ अन्डर २ सय ६९ को स्कोर निकाल्दै शुक्रले उपाधि जितेका हुन् । उपाधि जित्ने क्रममा शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले पछि पारे ।

शुक्रको यो करियरको सातौँ उपाधि हो । उपाधिसँगै दुई लाख पचास हजार पाएका शुक्र पहिलो पटक नेपाल नम्बर एक गल्फर बनेका छन् । उनले यो सिजनको कुल आठ मध्ये पाँच प्रतियोगिता मात्र खेलेपनि सर्वाधिक ६ लाख ६३ हजार ५०० नगद पुरस्कार सहित नम्बर एक बनेका हुन् । चार दिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योर सहित ५४ खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button