तपाईँ सुन्दै हुनुहुन्छः

थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि 

File photo

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

२ हजार २५ वटा नमुना पिसिआर र १ हजार ६०३ वटा एन्टीजेन गरी ३ हजार ६२८ वटा नमुनाको परीक्षण गर्दा २१ जनामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

२४ घण्टामा १३ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार २४ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ६३ हजार ३८५ जनाले  कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १२९ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button