२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

वरिष्ठ सङ्गीतकार भण्डारी रेडियो नेपालबाट सेवा निवृत्त

अर्जुन श्रेष्ठ २०७९ जेठ १२ गते १६:०७

काठमाडौँ  । रेडियो नेपालका निर्देशक एवम् वरिष्ठ सङ्गीतकार टिकाप्रसाद भण्डारीले रेडियो नेपालको स्थायी सेवाबाट सेवा निवृत्त हुनुभएको छ । 

वाद्य बाधकका रुपमा रेडियो नेपालमा प्रवेश गर्नुभएका वरिष्ठ सङ्गीतकार भण्डारी पछिल्लो समय कार्यक्रम निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो । 

वि.स. २०५० साल साउन १ पाँचौँ तहको वाद्य बाधक पदबाट स्थायी सेवा सुरु गर्नुभएका भण्डारीले नेपालको साङ्गीतिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउनुभएको छ । 

यस्तै, रेडियो नेपालका मुख्य लेखा अधिकृत राधारमण उपाध्याय र प्रशासकीय अधिकृत सुनिल कुमार गुप्ताले पनि उमेर हदका कारण सेवा निवृत्त हुनुभएको छ । 

मुख्य लेखा अधिकृत उपाध्याय वि.स. २०४९ माघ २२ मा लेखापालबाट र प्रशासकीय अधिकृत गुप्ताले वि.स. २०४९ फागुन १ गते कार्यालय सहयोगी पदबाट सेवा प्रवेश गर्नुभएको थियो ।

सेवा निवृत्त कर्मचारीहरूको बिदाइ कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले बहु प्रतिभा भएका वरिष्ठ सङ्गीतकार भण्डारीले समग्र सङ्गीत सिर्जनाका क्षेत्रमा महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । 

उहाँले वरिष्ठ सङ्गीतकार भण्डारीले रेडियो नेपाल र साङ्गीतिक क्षेत्रको लामो अनुभवलाई रेडियो नेपालको स्थायी सेवाबाट बाहिर रहे पनि अझ सक्रिय भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो । 

यस्तै, कार्यकारी निर्देशक केसीले मुख्य लेखा अधिकृत उपाध्यायले बेरुजु फच्र्यौट र समग्र लेखा व्यवस्थापन र प्रशासकीय अधिकृत गुप्ताले रेडियोमा रहेको सेवाको स्मरण भइरहेको बताउनुभयो । 

नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले  वरिष्ठ सङ्गीतकार भण्डारी हरेक क्षेत्रमा सफल व्यक्ति भएको उल्लेख गर्दै उहाँले रेडियोमा सञ्चालन गरेको हरेक कार्यक्रम जीवन्त हुने गरेको स्मरण गराउनुभयो । 

सम्बन्धित