तपाईँ सुन्दै हुनुहुन्छः

अवैध काठ बरामद

बर्दिया । बर्दियाको मधुवन नगरपालिकाको विभिन्न स्थानबाट गएराती बुधवार सशस्त्र प्रहरी नेपाल नं.३१ गण हेडक्वाटरबाट खटिएको प्रहरी गस्ती टोलीले भारी मात्रामा अवैध काठ बरामद गरेको छ ।

बर्दिया मधुवन नगरपालिकाको वडा नम्बर ९ धर्म बस्ती र वडा नम्बर ७ गंगाबस्तीमा  बेवारिसे अवस्थामा लुकाई राखेको १४७.९५ क्यू.फिट (२५ गोलिया) सालको अवैध काठ बरामद गरेको सशस्त्र प्रहरी नेपाल नं.३१ गण हेडक्वाटरले जनाएको छ ।

अन्दाजी करीब ५ लाख भन्दा धेरैको काठ सशस्त्र प्रहरी नायब उपरीक्षक शङ्कर तिवारीको कमाडिगंमा गएको प्रहरी टोलीले उक्त काठ बरामद गरेको हो ।

बराबरको बरामद गरिएको काठ आवश्यक कारबाहीको लागि  डिभिजन वन कार्यालयमा बुझाइएको तिवारीले बताउनुभयो । 

बुधवारकै दिन १२.५७ क्यू फिट सागुन जातको काठ गुलरिया नगरपालिकाको वडा नम्बर १० बाट पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

३ वटा साइकलमा लोड गरी भारतीबाट अवैध रुपमा ल्याउँदै गरेको  अवस्थामा अन्दाजी ३० हजार बराबरको काठ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।

पक्राउ गरिएको काठ डिभिजन वन कार्यालय गुलरियामा बुझाइएको सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button