तपाईँ सुन्दै हुनुहुन्छः

मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, दर्जन घाइते

अछाम । अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ टोटकेसालमा दिउसो १ बजेतिर कुइकादेखि टोटकेसाल कर्णाली नदी किनारतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै र १ जनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

पञ्चदेवल विनायक नगरपालिका–१ कुईकाका बर्ष ४२ का अम्मरनाथ धमला र तपेन्द्र धमलाको मृत्यु भएको अछाम प्रहरी प्रमुख डिएसपी रविराज थपलियाले बताउनुभयो । दुर्घटनामा झन्डै एक दर्जन मानिस घाइते भएका छन् ।

ट्याक्टरको ट्रालि घोप्टिएर दुर्घटना भएको बेलखेत प्रहरी पोस्टका इन्चार्ज भानदेव भट्टले बताउनुभयो ।

ट्याक्टरमा करिब ४० जना जति सवार रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button