तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर दुई जनाको मृत्यु

रुपन्देही । चट्याङ लागेर लुम्बिनी प्रदेशमा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार गुल्मी र कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । 

कपिलवस्तुको शिवराज नगरपालिका–६ पिरी बस्ने ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ पर्दा गम्भीर घाइते भएका रिजवनको बुटवलस्थित चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका सोही ठाउँका ३० वर्षीय नुरमहमद लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी गुल्मीको मदाने गाउँपालिका–४ म्यालपोखरी बस्ने ४५ वर्षीया राधिका भट्टराईको पनि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button