भैरहवा । कुवेतको जजिरा एयरलाइन्सले ५ औँ पटक गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा उडान गरेको छ ।
जेठ २ गते बुद्ध जयन्तीका दिनबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एयरलाइन्सको जहाजमा यात्रुहरू समेत निरन्तर बढ्दै गइरहेका छन् । उडान प्रभावकारी भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिनुभयो ।
जेठ २ गते जजिरा एयरलाइन्समा ५० जना नेपाली आएका थिए भने १ सय ३९ जना गएका थिए । दोस्रो दिन २० जना आए १ सय १० गए । तेस्रो दिन ३२ जना आएका थिए भने ६८ जना गएका थिए । चौथो दिन १ सय २१ जना आएका थिए भने ३४ गएका थिए । पाँचौँ दिन १०४ जना गएका थिए भने १ सय ८ जना नेपाली आएको महाप्रबन्धक दाहालले बताउनुभयो ।
खाडी मुलुकका कुवेत, दुबई, कतार, साउदी अरब तथा युरोपका केही यात्रु आउने जाने गरिरहेका छन् । विमान हप्ताको तीन दिन सोमबार, बुधवार र शुक्रवार १ः४५ देखी २ बजे राती आउने गर्दछ ।