तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा भिरबाट लडेर एक जना मृत्यु

रोल्पा ।   रोल्पामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । 

आज बिहान करिब ९ बजे भिरबाट लडेर ५५ वर्षीय नन्दे घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ३ सिमिगिठा निवासी  ५५ वर्षीय घर्तिमगरको सोही गाउँपालिका वडा नम्बर २ को राजथदेखि कमिरेढिकस्थ्ति बाटोबाट २० मिटर तल खोचमा खस्न पुग्दा घटनास्थलमा नै मृत्यु भएको हो ।

पानी परेकोले बाटो भिरालो चिप्लो भएको र सोही बाटो हिँड्ने क्रममा खुट्टा चिप्लिएर भिरबाट खस्न पुग्दा मृत्यु हुन गएको जिल्ला प्रहरी कार्यालय लिवाङले जानकारी दिएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button