तपाईँ सुन्दै हुनुहुन्छः

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै जनकपुरधाममा युवाहरूको विरोध प्रदर्शन गरेका छन् । 

जनकपुरधामको जानकी चौकमा स्थानीय युवाहरूले एक घण्टासम्म मूल सडकमा नै मोटरसाइकल तथा एल पी ग्याँस शिलिण्डर तेर्साएर विरोध प्रदर्शन गरेका हुन । 

स्थानीय युवाहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिनका लागि माग गरेका छन् । 

नेपाल सरकारले स्वचालित मूल्य निर्धारण समितिको निर्णय अनुसार दुई साता भित्रमा दुई पटक मूल्य वृद्धि गरेपछि आम जनता तथा विद्यार्थीहरू बढी मारमा परेका छन् । खास गरेर गरिब तथा विपन्न वर्ग तथा विद्यार्थीहरू बढी मारमा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button