तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित पक्राउ परेका ४ जनालाई प्रहरीद्वारा सार्वजनिक

टीकापुर कैलाली  । कैलालीको धनगढीबाट लागु औषधसहित पक्राउ परेका ४ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर ५ का १८ वर्षीय किशोर, डडेल्धुरा आलिताल गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय भरत महरा, धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का २३ वर्षीय पुरन विक र डोटीको गैरा घर बताउने २३ वर्षीय मोहन ओली रहेका छन् । 

१८ वर्षीय किशोरलाई ५ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित धनगढी उपमहानगरपालिका १३ राजपुरबाट गएराति प्रहरीले पक्राउ गरेको थियो । 

यस्तै, भरत, पुरन र मोहनलाई धनगढीको ट्राफिक चोकबाट करिब ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर गएराति नै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभयो । 

उनीहरुमाथी लागु औषध सम्बन्धि मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको समेत प्रवक्ता जोशीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button