तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरको कटारी नगरपालिकाको प्रमुखमा काँग्रेसका श्रेष्ठ निर्वाचित

उदयपुर । उदयपुरको कटारी नगरपालिकाको प्रमुखमा काँग्रेसका राजेशचन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

उहाँले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४सय ६५ मतान्तरले पराजित गर्नुभयो ।

कटारीमा २५ हजार ७ सय ५४ मत खसेकोमा श्रेष्ठले ६ हजार ४ सय १७ मत ल्याउनुभयो भने बरालले ५ हजार ९ सय ५२ मात्र मत प्राप्त गर्नुभयो ।

उपमेयरमा भने एमालेकी गीत खड्का निर्वाचित हुनुभएको छ  । खड्काले गठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका विनोद कटुवाललाई २ हजार ५ सय ९२ मत अन्तरले पराजित गर्नुभयो । 

खड्काले ६ हजार ४ सय १३ मत प्राप्त ल्याउनुभई विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी कटुवालले ३ हजार ८ सय २१ मात्र मत प्राप्त  गर्नुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button