तपाईँ सुन्दै हुनुहुन्छः

विदेशी आतङ्कवादी लडाकु कार्य समूहको बैठक कुबेतमा

कुवेत सिटी। कुवेतको राजधानी कुवेत सिटीमा मङ्गलबार विदेशी आतङ्कवादी लडाकु कार्य समूहको बैठक आयोजना गरिएको छ।

अन्तरराष्ट्रिय सहयोग र विकासका लागि कुवेतका सहायक विदेशमन्त्री हमाद अल-मशानले उद्घाटन समारोहमा शान्ति र आतङ्ककारी समूहहरू विरुद्ध लड्न अन्तरराष्ट्रिय प्रयासहरूका लागि आफ्नो देशको समर्थनमा जोड दिनुभएको छ ।

आतङ्कवादी धम्कीका सबै स्रोतहरूलाई रोकेर द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति हासिल गर्न बैठक महत्त्वपूर्ण छ, उहाँले भन्नुभयो, “एफटीएफहरूबाट हुने क्षतिको सामना गर्नका लागि स्पष्ट संयन्त्र खोज्नुका साथै संयुक्त र रणनीतिक प्रयासलाई अगाडि बढाउँने लक्ष्य राखिएको छ।

चरमपन्थी इस्लामिक स्टेट (आईएस) विरुद्धको प्रभावकारी भूमिकाको पालना गर्दै कुवेतले आतङ्कवादको वित्तपोषण विरुद्ध लड्न अन्तरराष्ट्रिय समुदायसँग संयुक्त प्रयास गरेको छ।

बैठकमा आगामी अवधिका लागि सबै मुख्य चुनौतीहरू र आईएस विरुद्धको अन्तरराष्ट्रिय गठबन्धनमा सदस्यहरू बीच समन्वय र सूचना आदानप्रदानको महत्त्वबारे पनि छलफल हुने उहाँले बताउँनु भएको छ।

कुवेत, टर्की र नेदरल्यान्ड्सको नेतृत्वमा रहेको एफटिएफ कार्य समूहको बैठक ८५ सदस्यीय गठबन्धनको समर्थनमा रहेको कुवेत समाचार एजेन्सीले जनाएको छ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button