२०७९ साल असार २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

छोटो अवधिमा ठूलो उपलब्धि भयो : माधव नेपाल

रेडियो नेपाल २०७९ जेठ १० गते २०:२०
File photo

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह सदस्य पदको निर्वाचनमा देशैभरि आफ्नो पार्टीले निकै ठूलो सफलता प्राप्त गरेको बताउनुभएको छ ।

हेटौँडामा आज नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले छोटो समयमा बनेको पार्टी चुनावमा होमिँदा पनि राम्रो सफलता मिलेको भन्दै त्यसका लागि सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

निर्वाचित जनप्रतिनिधिलाई इमान्दार भएर काम गर्नका लागि सुझाव दिँदै नेपालले धरान उपमहानगरपालिकामा स्वतन्त्र उठेर प्रमुखमा निर्वाचित बनेका हर्क साम्पाङ राई जस्तै बन्नका लागि कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

अरू पार्टीको तुलनामा एकीकृत समाजवादीले गठबन्धनमार्फत छोटो समयमा महत्त्वपूर्ण सफलता प्राप्त गरेको पनि नेता नेपालले बताउनुभयो । उहाँले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सक्रियतापूर्वक अभियानमा होमिन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । रासस

सम्बन्धित