तपाईँ सुन्दै हुनुहुन्छः

कोशी गाउँपालिकामा मन्दिर र मदर्शालाई पाँच/पाँच हजार दिने निर्णय

सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा आउनुभएका जनप्रतिनिधिहरूको पदभार ग्रहणका क्रममा पालिकाभरिका सबै मन्दिर र मदर्शामा पाँच/पाँच हजार रुपियाँ दिने निर्णय गरेको छ । 

पहिलो निर्णयमा पालिकाका नागरिकहरूको आस्थाको केन्द्रको रुपमा रहेको मन्दिर र मदर्शालाई पाँच हजार रुपियाँका दरले दिने निर्णय गरेको हो । 

शपथ ग्रहण पश्चात् कोसी गाउँपालिकाका जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै नवनिर्वाचित गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले सुशासन र पारदर्शिता कायम राख्दै आफूले पाएको अधिकार र कर्तव्यको अधीनमा रहेर जनताको काम छिटोछरितो गर्न निर्देशन दिएका छन् । 

नियम विपरीतका कार्यहरू गरेको अवस्थामा आफूलाई सह्री नहुने समेत सचेत अन्सारीले गराउनुभएको छ । 

कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको अध्यक्षका स्वकीय सचिव धमेन्द्र विश्वासले जानकारी दिनुभयो ।

साथै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधित्व गर्दै आउनु भएको सुनसरीको संसदीय क्षेत्र नम्बर ४ अन्तरगत रहेका ४ वटा पालिकाको प्रमुख पदमा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ ।

सुनसरी क्षेत्र नम्बर ४ अन्तरगत रहेका वराहक्षेत्र नगरपालिकाका अतिरिक्त कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकामा नेपाली काँग्रेसले प्रमुख पदमा विजय हासिल गरेको हो । 

यो निर्वाचन क्षेत्र अन्तरगतका पालिकाको प्रमुखमा मात्र होइन, बहुमत उपप्रमुख तथा जनप्रतिनिधिहरूमा काँग्रेस लगायत सत्तारुढ गठबन्धनका दलका उम्मेदवारहरू विजयी हुनुभएको छ ।

नेपाली काँग्रेसले विजय हासिल गरेको हरिनगर गाउँपालिका र कोशी गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा समेत विजयी भएका अध्यक्ष र उपाध्यक्षहरू दोहोरिनु भएको छ ।

कोशी गाउँपालिकाको अध्यक्षमा एयुव अन्सारी र उपाध्यक्षमा अनिता देवी यादव दोस्रो कार्यकालका लागि काँग्रेसबाट पुन निर्वाचित हुनुभएको छ । 

त्यसै गरी हरिनगर गाउँपालिकामा पनि गफार मिया अन्सारी र रिमझिम कुमारी भगतलाई दोस्रो कार्यकालका लागि जनताले नेपाली काँग्रेसबाट क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित गरेका छन् ।

क्षेत्र नम्बर ४ कै भोक्राहानगरसिंह गाउँपालिकामा नेपाली काँग्रेसका अजमल अख्तर आजाद अध्यक्ष तथा सुनिता देवी उराँव उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । 

वराहक्षेत्र नगरपालिकामा नेपाली काँग्रेसका रमेश कार्की प्रमुखमा निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button