तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिको सम्बोधनको प्रति संसद्मा टेबुल

काठमाडौँ । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति सदनमा टेबुल गर्नुभएको छ ।

सभाले राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको लागि धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिनिधि सभाको अर्को बैठक यही ज्येष्ठ १२ र १३ गतेका दिन आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरिने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button