तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित तीन जना पक्राउ

झापा । झापामा लागु औषधसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो मेचीनगर नगरपालिका–६ बाट लागु औषध ब्राउन सुगर र ट्याब्लेटसहित ३ जनालाई पक्राउ गरेको हो ।

मे ५ प ५६५ नम्बरको स्कुटरमा भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका दमक नगरपालिका–२ का २६ वर्षीय अमृत राई र २२ वर्षीय सन्तोष ढकाललाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद भएको थियो ।

सोही स्थानबाट दमक नगरपालिका–५ का २२ वर्षीय राजेश गुरुङ लागु औषध ट्याब्लेटसहित पक्राउ परेका छन् । गुरुङलाई लागु औषध डाइजापाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुलसहित प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button