तपाईँ सुन्दै हुनुहुन्छः

सूचनाको हकको पूर्ण कार्यान्वयन गरिनेछ: नगर प्रमुख साह

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोज कुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहणसँगै पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहणसँगै यसअघि सरसफाइलाई वडामा नदिएर उपमहानगरपालिकामा राखेकोमा अव उपरान्त वडाहरूलाई नै दिने गरी अधिकार हस्तान्तरण गर्ने निर्णय साहले गर्नुभएको छ । सरसफाइलाई प्रभावकारी बनाउन त्यसो गरिएको नगर प्रमुख साहले जानकारी दिनुभयो ।

नगरपालिकाका शाखा–शाखाको कामकाजलाई जनतामैत्री तथा प्रभावकारी बनाउन कर्मचारीहरूलाई तालुक शाखामा नै खट्ने गरी व्यवस्था मिलाउने निर्णय पनि नगर प्रमुख साहले गर्नुभएको छ ।

नगरपालिकाको कामकाजलाई प्रभावकारी एवं पारदर्शी तथा जनतामैत्री बनाउन सूचनाको हकको पूर्ण कार्यान्वयन गर्नका लागि सूचना शाखालाई मजबुत बनाएर हेल्प डेस्क राख्ने निर्णय पनि उहाँले गर्नुभएको छ । कुनै पनि सूचना बढीमा १५ दिनमा उपलब्ध गराउने निर्णय जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साहले गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button