तपाईँ सुन्दै हुनुहुन्छः

पशुपति, जनकपुर र लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गरिने

काठमाडौँ । धार्मिक, सांस्कृतिक, पुरातात्त्विक एवं पर्यटकीय महत्त्व बोकेको पशुपति, जनकपुर र लुम्बिनीलार्ई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने भएको छ ।

सरकारले घोषणा गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमलाई आज संसद्को दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो जानकारी गराउनुभयो । आगामी वर्ष सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने नीति लिने कार्यक्रममा उल्लेख गरिएको । इतिहास, कला, संस्कृति एवं अन्य मौलिक विशेषता समेटिएको बृहत् सङ्ग्रहालय निर्माण गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

सरकारले ताप्लेजुङ, दार्चुला ग्रेट हिमालय ट्रेलको स्तरोन्नतिलाई प्राथमिकता दिने कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने भएको छ । वराहक्षेत्र, चतरा धाम, र रामधुनी क्षेत्र तथा कोसी टप्पु वन्यजन्तु आरक्षण समेटेर बृहत् धार्मिक, सांस्कृतिक, पर्यापर्यटन केन्द्रको रूपमा विकास गर्न एकीकृत कार्यक्रम ल्याउने प्रतिबद्धता पनि सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button