तपाईँ सुन्दै हुनुहुन्छः

नीति तथा कार्यक्रम: वित्त र मौद्रिक नीतिको संयोजनबाट आर्थिक वृद्धि हासिल गरिने

काठमाडौँ । सरकारले वित्त र मौद्रिक नीतिको संयोजनबाट आर्थिक वृद्धि र स्थायित्व हासिल गर्ने लक्ष्य लिएको छ ।

सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा कृषि, यातायात, सूचना प्रविधि, उद्योग लगायतका क्षेत्रलाई आर्थिक संवाहकका रुपमा अगाडि बढाई आर्थिक पुनः उत्थानका कार्यक्रम ल्याउने उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमअनुसार मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राखिने, राष्ट्रिय महत्त्वका, गौरव र रूपान्तरणकारी आयोजना बाहेकका अन्य आयोजना प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गरिनेछ ।

तीनै तहका सरकारको समन्वय र संयोजनबाट प्राकृतिक स्रोत साधनको संरक्षण, उपयोग र लाभदायी बाँडफाँड गरिने विषयलाई सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ उल्लेख गरेको छ । सफा कार्यक्रम मार्फत औद्योगीकरणलाई अगाडि बढाई आन्तरिक उत्पादनमा वृद्धि गर्ने तथा नवीकरणीय ऊर्जामार्फत हरित अर्थतन्त्रलाई अगाडि बढाउने सरकारको लक्ष्य छ ।

सरकारले नीति तथा कार्यक्रमअनुसार नै आगामी आर्थिक वर्षका लागि यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button