२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

कला परिषद्मा ‘मैत्री चित्रकला प्रदर्शनी’

रेडियो नेपाल २०७९ जेठ ९ गते २१:५३

काठमाडौँ । आधुनिक कला समाज नेपाल (सोमा)को आयोजना र एसएमडी आर्ट फाउन्डेसन भारत (एसएमडी) का सहयोगमा नेपाल कला परिषद् बबरमहलमा आजदेखि ‘मैत्री चित्रकला प्रदर्शनी’ सुरु भएको छ ।

नेपाल र भारतका कलाकार तथा रुस, अमेरिका, लेबनान ताइवान(चीन) र अल्बानियाका अतिथि कलाकार गरी २६ जनाको सहभागिता भएको तीन दिने प्रदर्शनीमा करिब सय चित्र राखिएका छन् ।

नेपालका कृष्ण मानन्धर, श्यामलाल श्रेष्ठ, हरि खड्का, नरेश सैंजु, मनिक होडा, रत्नकाजी शाक्यलगायत तथा भारतका आरसी शर्मा, शङ्कारी मित्र, विजयमणि थुलुङ, गार्गी गितोम बोरा, श्रीयांसी मनु, लखिप्रभा सैकिया, नीलम मनसरामणि, चिराग मनसरामणि, लेबनानका नादा इतानी, अमेरिकाका सहला तेल्लो कजिहा, रुसका एलेना तेरेस्कोभा, अल्बानियाका ओल्त्सन ग्रिप्सी लगायतका प्रकृति, संस्कृति, कोरोनासँग सम्बन्धित तथा अमूर्त चित्र आदि राखिएका छन् ।
रासस

सम्बन्धित