तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार सुडी र उपप्रमुखमा काँग्रेसका साह विजयी

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साह सुडी र उपप्रमुखमा नेपाली काँग्रेसका किशोरी साह विजयी हुनुभएको छ ।

स्वतन्त्र उम्मेदवार साह झन्डै चार हजारको मतान्तरले निर्वाचित हुनुभएको हो । नगर प्रमुखमा निर्वाचित साहले १३ हजार ४६५ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवशङ्कर साह (हिरा) ले नौ हजार ५३२ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।

उपप्रमुखमा नेपाली काँग्रेसका किशोरी साह १५ हजार ५२५ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की रुना झाले १० हजार ८८५ मत ल्याउनुभयो ।

योसँगै धनुषाका १८ वटै पालिकाको मतगणना सकिएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button