तपाईँ सुन्दै हुनुहुन्छः

माझी, दलित र खयरघारी सुकुम्वासी बस्तीलाई नमुना बस्ती बनाइने

बारा । निजगढ नगरपालिकाका नवनिर्वाचित प्रमुख सुरथ पुरीले पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गरेसँगै नगर प्रमुख पुरीले निजगढको माझी, दलित र खयरघारी सुकुम्वासी बस्तीलाई नमुना बस्तीको रुपमा विकास गर्ने निर्णय गर्नुभएको छ ।

निजगढ–४ स्थित सहिद हिरालाल पार्कलाई पर्यटकीय क्षेत्रको रुपमा अघि बढाउँदै उक्त पार्कको पूर्व र पश्चिमतर्फ रहेका दुई बस्तीलाई नमुना बस्तीको रुपमा अघि बढाउने निर्णय पुरीले गर्नुभएको हो ।

हिरालाल पार्कको पूर्वतर्फ रहेको माझी, दलित र निजगढ–८ मा पर्ने खयरघारी सुकुम्वासी बस्तीलाई नमुना बस्तीको रुपमा अघि बढाउने निर्णय भएको नगरपालिकाका प्रशासन प्रमुख रविन घिमिरेले जानकारी दिनुभयो ।

नगर प्रमुख पुरीले निजगढ नगरपालिका भित्रको कृषियोग्य जमिनमा वैकल्पिक उपाय अपनाएर भए पनि सिँचाई सुविधा पुर्‍याउने निर्णय पनि गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button