तपाईँ सुन्दै हुनुहुन्छः

इपिजी प्रतिवेदन यथाशीघ्र ग्रहण गर्न संयोजक थापाको आग्रह

काठमाडौँ । नेपाल–भारत सम्बन्धका सबै पक्षमा अध्ययन गरी प्रतिवेदन पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) नेपालका संयोजक डा. भेषबहादुर थापाले प्रतिवेदन यथाशीघ्र ग्रहण गर्न नेपाल र भारतका प्रधानमन्त्री समक्ष आग्रह गर्नुभएको छ ।

समूहका नेपाल संयोजक डा. भेषबहादुर थापाले आज एक वक्तव्य जारी गरी समूहका सदस्यबिचको अनौपचारिक बैठकले यथाशीघ्र प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने, त्यसो गर्न सम्भव नभए जनसमक्ष ल्याउने निष्कर्षमा आफूहरू पुगेको वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

दुवै देशका सरकारद्वारा गठित समूहले विस्तृत अध्ययन गरी करिब साँढे तीन वर्षअघि तयार पारिएको प्रतिवेदन दुवै सरकारलाई हस्तान्तरण नहुँदा अनिश्चित कालसम्म संयोजकको जिम्मामा राख्न अनुपयुक्त हुने बताउनुभएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button