तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह निर्वाचनको मत परिणाम सन्तोषजनक: नेपाली काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण महतले स्थानीय तह निर्वाचनको मत परिणाम सन्तोषजनक रहेको बताउनुभएको छ ।

file photo

प्रवक्ता महतले आज विज्ञप्ति जारी गर्नुहुँदै कांग्रेस नेतृत्वको सरकारले सफलतापूर्वक निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन गर्न सफल भएको उल्लेख गर्नुभएको छ ।

उहाँले पार्टीभित्र अन्तर्घात ठूलो समस्याको रुपमा देखिएको र पार्टीभित्र भएको अन्तर्घातका बारेमा पार्टीमा छलफल हुने बताउनुभएको छ ।

समग्रमा स्थानीय तहको निर्वाचनमा पाँच दलबिचमा भएको तालमेल सफल भएको नेपाली काँग्रेसको निष्कर्ष रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button