तपाईँ सुन्दै हुनुहुन्छः

हालसम्म ७ सय ३३ पालिकाको अन्तिम परिणाम सार्वजनिक

फाइल तस्बिर

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ७ सय ३३ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले ३ सय २१, नेकपा एमालेले २ सय, नेकपा माओवादी केन्द्रले १ सय २०, जनता समाजवादी पार्टी २१, नेकपा एकीकृत समाजवादीले १० र अन्यले ६१, स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ९५, नेकपा एमालेले २ सय २९, नेकपा माओवादी केन्द्रले १ सय २८, जनता समाजवादी पार्टी ३० र अन्यले ५१ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ६ सय २१,  नेकपा एमाले २ हजार १ सय, नेकपा माओवादी केन्द्र १ हजार ४४, जनता समाजवादी पार्टी २ सय ८५ र अन्य ५ सय ८० गरी ६ हजार ६ सय ३० जना विजयी हुनुभएको आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनको मत गणना जारी

प्रतिक्रिया राख्नुहोस्

Back to top button