तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगरका मेयर कोइरालाद्वारा पदभार ग्रहण

सुनसरी । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पदभार ग्रहण गर्नुभएको छ ।

कोइरालाले आफूले निर्वाचनका बेला घोषणा पत्रमार्फत महानगरले उठाउने करको दर घटाउने र दायरा बढाउने विषयमा गरेको प्रतिबद्धता पूरा गराउन पहिलो दिनबाटै काम थालनी गरेको बताउनुभयो ।

करको दर घटाउने विषयमा कार्यपालिकामा प्रस्ताव लैजाने गरी गरिएको निर्णयमा कोइरालाले हस्ताक्षर गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले हरेक आर्थिक वर्षमा महानगर सभाले करको दर र दायरा तय गर्ने गरेको छ । त्यो सभामा लैजाने गरी स्थानीय कर तथा राजश्व समितिले तयार गरेको प्रस्तावमा कोइरालाले हस्ताक्षर गर्नुभएको छ ।

शपथ ग्रहण समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले स्थानीय तहको दोस्रो आवधिक निर्वाचन सहज र शान्त रुपमा सम्पन्न भएको र अब जनताका प्रतिनिधिहरू जनसेवाका लागि कार्यभार सम्हाल्न कार्यक्षेत्रमा खटिनुले जनआकाङ्क्षा पूरा हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button