तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप लिग टु क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमले ओमान र अमेरिकासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दै छ ।

अमेरिकामा हुने यो सिरिजका लागि नेपाली टिमले तयारी गरिरहेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिमले अमेरिकामा त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्नु अघि त्यहाँ २ वटा अभ्यास म्याच खेल्ने भएको छ । नेपाली टिमले अमेरिकामा नेपाली अल स्टार क्रिकेट क्लबसँग खेल्ने छ भने अर्को खेल एमसीएल क्लब हुस्टन हुरिकेन्ससँग खेल्ने छ । 

पूर्व नेपाली खेलाडीहरूको क्लबको रुपमा रहेको नेपाली अल स्टार क्रिकेट क्लबबाट यसअघि नेपाली राष्ट्रिय टिमबाट खेलेका खेलाडीले खेल्ने छन् । नेपालका २ जना पूर्व खेलाडी वसन्त रेग्मी र पृथु बास्कोटाले नेपालविरुद्ध खेल्ने गरी अल स्टारले टिम घोषणा गरेको छ । 

यसैगरी टिममा न्यूजिल्याण्डका अलराउन्डर कोरी एन्डरसन पनि रहने छन् । नेपाली टिमले अल स्टारसँग जुन २ तारिखमा एक दिवसीय खेल्ने छ । हुस्टन हुरिकेन्ससँग जुन ४ तारिखमा खेल हुने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button