तपाईँ सुन्दै हुनुहुन्छः

मरासिनी यु–१९ महिला क्रिकेट टिमको कप्तान नियुक्त

काठमाडौँ । कृतिका मरासिनी यु–१९ महिला क्रिकेट टिमको कप्तान नियुक्त भएकी छिन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार कृतिकालाई कप्तान नियुक्त गरिएको जनाएको छ । आइसिसी यु–१९ महिला विश्वकप छनोट अघि क्यानले कृतिकालाई कप्तान चयन गरेको हो ।

मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् । छनोट आगामी जुन ४ बाट सुरु हुनेछ । नेपालले छनोटका लागि १८ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button