२०७९ साल असार १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

थप १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि 

रेडियो नेपाल २०७९ जेठ ९ गते १७:५४

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार ७६८ जनाको कोरोना परीक्षण गरिएको थियो । 

दुई हजार २३३ जनाको पिसीआर विधिबाट र ५३५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा १६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९९१ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ३१ हजार ३८८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३३ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । हाल होम आइसोलेशनमा १३३ सङ्क्रमित छन् । 

हाल देशभर कोही पनि कोरोना सङ्क्रमित नभएका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, पर्सा, सप्तरी, रौतहट, बारा, धनुषा, दोलखा,  सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, रुकुम पूर्व, कपिलवस्तु, प्युठान, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालिकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा छन् । 

हाल काठमाडौँमा १९ र ललितपुरमा ११ कोरोना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । 

सम्बन्धित