तपाईँ सुन्दै हुनुहुन्छः

नगर प्रमुखको पदवहालीसँगै भोजपुर नगरपालिकाको तीन नीतिगत निर्णय 

भोजपुर । थानीय तह निर्वाचनबाट पुन दोस्रो पटक पाँच बर्से कार्यकालका लागि निर्वाचित भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाश कुमार आलेको पदवाहालीसँगै तीन वटा नीतिगत निर्णय गरिएको छ ।

विपन्नलाई निःशुल्क खानेपानी तथा बिद्युत् लाइन जडान, ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा र सदरमुकाम र आसपासमा अव्यवस्थित बिद्युत्को तार हटाएर एबिसी केवल लगाउने तीन नीतिगत निर्णय भएको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार राईले नीतिगत निर्णयका लागि मेयरसमक्ष प्रस्ताव पेस गर्नु भएको थियो ।  नगर प्रमुख आलेले पद बहालीसँगै सो प्रस्तावमा हस्ताक्षर गर्नुभएको छ । 

“विपन्नताका कारण नगर भित्रका कति पय घर परिवारहरूले खानेपानी तथा बिद्युत् सेवा नपाइरहेकाले त्यस्ता परिवारलाई खानेपानी र बिद्युत् जडानको व्यवस्था नगरपालिकाले गर्ने छ, ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा र विद्युतीय दुर्घटनालाई मध्य नजर गर्दे बजार क्षेत्रमा अवयवस्थित बिद्युत्का तारहरू हटाई बिद्युत् प्राधिकरणको समन्वयमा एबिसी केबुलमार्फत बिद्युत् लाइन व्यवस्थित गरिने छ ।” नवनिर्वाचित नगर प्रमुख आलेले भन्नुभयो । 

उहाँले आफु नयाँ जनप्रतिनिधि नभएकाले विगतमा भन्दा नगरवासीको लागि उत्कृष्ट कार्य गर्ने बताउनुभयो । उहाँले निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरूलाई समेत नगरवासीले चाहे अनुसारको काम गर्न आग्रह समेत गर्नुभयो । 

भोजपुर नगरपालिका भित्र १२ वटा वडा रहेका छन् । जसमा मध्ये नगरप्रमुखसहित ८ वडा नेपाली कांग्रेस, उपप्रमुखसहित ३ वडा नेकपा (एमाले) र १ वडा नेकपा (माओवादी केन्द्र) ले विजयी हासिल गरेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button