तपाईँ सुन्दै हुनुहुन्छः

सुख्खा पहिरो खस्दा पाल्पा– बुटवल सडक अवरुद्ध

पाल्पा  । सुख्खा पहिरो खस्दा पाल्पा– बुटवल सडक अवरुद्ध भएको छ । 

सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकको तिनाउ गाउँपालिका –५ कालीमाटीमा सोमबार दिउँसो १ बजे सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सडकमा ढुङ्गा र बाँसको झाडीसहित सुख्खा पहिरो खसेको हो । अहिले पाल्पादेखि बुटवलतर्फ जाने तथा बुटवलदेखि पाल्पातर्फ आउने सवारीसाधन सडकमै रोकिएका छन् । सडक पूर्ण रुपमा अवरुद्ध छ ।

सडक डिभिजन कार्यालयको एउटा जेसीबीले पहिरो पन्छाउने काम सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button