तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार शाहको अग्रता कायमै 

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा दिउँसो २ बजेसम्म १ लाख २९ हजार १ सय ३७ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

काठमाडौँ महानगरपालिकाको प्रमुखमा अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिइरहनुभएको छ ।

उहाँले ४४ हजार ८ सय ६४ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले २६ हजार ५ सय ५८ र नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापितले २५ हजार ७ सय २५ मत प्राप्त गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button