२०७९ साल असार १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच वार्ता

रेडियो नेपाल २०७९ जेठ ९ गते १२:०६

ग्वान्जाउ। चीनका विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारीकाबीचमा वार्ता भएको छ । हाल चीनको भ्रमणमा रहनुभएका पाकिस्तानी विदेशमन्त्री जर्दारी र चिनियाँ विदेशमन्त्रीका बीचमा आइतबार ग्वान्जाउमा भेटवार्ता भएको चिनियाँ सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पाकिस्तानी विदेशमन्त्री जर्दारी यही मे २१ मा चीन भ्रमणमा जानुभएको थियो । त्यस क्रममा आइतबार उहाँहरुका बीचमा वार्ता भएको बताइएको छ । त्यसक्रममा पाकिस्तानले चीनलाई महत्व दिएको र नयाँ सरकारका विदेश मन्त्रीले भ्रमणका रुपमा चीनलाई छानेकामा चीन खुसी भएको विदेशमन्त्री यीले बताउनुभएको समाचारमा जनाइएको छ ।

हालै पाकिस्तानको विदेशमन्त्रीमा नियुक्त हुनुभएका जर्दारीले प्रारम्भिक रुपमा नै चीनको भ्रमणको कार्यक्रम तय गर्नुभएको थियो । त्यस क्रममा उहाँले पाकिस्तानको विकासका विभिन्न क्षेत्रमा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।

साथै त्यस क्रममा पाकिस्तानी विदेशमन्त्री जर्दारीले पाकिस्तान सदैव एक चीन नीतिको पक्षमा रहेको र चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको जानकारी दिनुभएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।सिन्ह्वा

सम्बन्धित