तपाईँ सुन्दै हुनुहुन्छः

कलैया उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरूलाई अङ्ग्रेजी माध्यममा लैजाने निर्णय

बारा । बाराको कलैया उपमहानगरपालिकाले  पहिलो बैठकबाट आफ्ना क्षेत्रका सामुदायिक विद्यालयहरूलाई अङ्ग्रेजी माध्यममा लैजाने निर्णय गरेको छ ।

नवनिर्वाचित नगर प्रमुखको पहिलो बैठकबाट नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्ययन/अध्यापन गराउने निर्णय भएको जानकारी दिनुभएको छ  । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार अपराह्न भएको शपथ ग्रहणपछि नगरप्रमुख साह लगायत कार्यभार सम्हाल्न नगरपालिका पुग्नुभएको थियो ।

नगरप्रमुख विनोद साह र उपप्रमुख रौशन प्रवीणले कार्यभार समालेपछिको पहिलो निर्णय शिक्षा सुधारको पक्षमा गरेका हुन् । अङ्ग्रेजी भाषाको आवश्यकता र महत्त्वलाई ध्यानमा राखेर विद्यालयको तल्लो तहबाटै अङ्ग्रेजी भाषा सिकाइलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको जनाइएको छ ।हाल बालबालिकाहरूका लागि अल ईन वान अङ्ग्रेजी सहयोगी पुस्तक खरिदका लागि २२ लाख रुपैंयाको अनुमानित बजेट समेत स्वीकृत भएको छ । आवश्यकता अनुसार थप गरिँदै लगिने नगरप्रमुख साहले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button