तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोसपाका चौधरी विजयी 

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कमलेश शरण चौधरी ४ हजार ४ सय ८१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । 

 उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका निसार अहमद खांले ४ हजार १ सय ८२ मत प्राप्त गर्नुभएको छ । 

यस्तै, उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का होम प्रकाश चौधरी (कुर्मी) ५ हजार १ सय ३ ल्याएर विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चाँदनी चौधरीले ३ हजार २ सय २३ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button