तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पुलिस क्लबले युक्सोम क्यापिटल्सलाई १० विकेटले हरायो

काठमाडौँ । सिक्किममा जारी कञ्चनजंगा शिल्ड ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले युक्सोम क्यापिटल्समाथि १० विकेटको जित हात पारेको छ ।

जितको लागि ७७ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ७.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो । पुलिसका ओपनर पवन सरार्फले २५ बलमा ४ चौका र ४ छक्कासहित ४२ रनमा अविजित रहे । अनिल कुमार शाह १९ बलमा ५ चौकासहित २४ रनमा अविजित रहे ।

त्यसअघि सिक्किमको राङ्पोमा टस जितेर पहिला ब्याटिङ रोजेको युक्सोम २०.४ ओभरमा ७६ रनमा अल आउट भएको थियो । युक्सोमको लागि सौरभ प्रसादले १२ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए । मनोज शर्माले १४, विपिन शर्मा ५ र निखिल गौतम ९ रनमा आउट भए ।

पुलिसका लागि बायाँ हाते तीव्र गतिका युवा बलर प्रतिश जि.सी.ले ५ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ५ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । राशिद खानले ५ ओभरमा १७ रन खर्चेर २ विकेट लिए

पुलिसले दोस्रो खेलमा रोयल नर्थन ब्रोदर्शमाथि ७ विकेटले हराएको थियो । पहिलो खेल एचआरसिसी नाम्चीविरुद्ध पुलिसले निर्धारित ४० ओभरमा ३ सय २ रनमा अल आउट भएको थियो । तर वर्षाको कारण दोस्रो इनिङ हुन नसक्दा खेल रद्द हुन पुगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button