तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा महानगरपालिका मेयरमा आचार्यको अग्रता कायमै 

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम रहेको छ ।

गठबन्धनका उम्मेदवार आचार्यले पछिल्लो मत परिणाम अनुसार ४३ हजार ५ सय ६५ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले ४० हजार १ सय २३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै मेयर पदमा राप्रपाका उम्मेदवार शङ्कर खरालले ४ हजार ८ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जु गुरुङले ४५ हजार ६ सय ४९ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ । गठबन्धनको तर्फबाट उपमेयरकी उम्मेदवार नेपाली काँग्रेसकी कोपिला रानाभाटले ४३ हजार ६ सय ५४ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button