तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी राष्ट्रपतिद्वारा नवनिर्वाचित अष्ट्रेलियाली प्रधानमन्त्रीलाई बधाई

टोकियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई बधाई दिनुभएको छ ।  

नवनिर्वाचित प्रधानमन्त्री अल्बानीजलाई टेलिफोन गर्दै राष्ट्रपति बाइडेनले दुई देश बीचको गठबन्धनलाई  अझ मजबुत बनाउने विषयमा पनि छलफल गर्नुभएको ह्वाइट हाउसले जनाएको छ । 

राष्ट्रपति बाइडेनले अमेरिका-अस्ट्रेलिया गठबन्धनप्रति संयुक्त राज्य अमेरिकाको दृढ प्रतिबद्धता रहेको र नयाँ सरकारलाई अझ बलियो बनाउनका लागि उहाँसँग मिलेर काम गर्ने आफ्नो मनसाय रहेको पुनस पुष्टि गर्नुभएको छ ।  

दुई नेताबिच मङ्गलवार टोकियोमा क्वाड समूह शिखर सम्मेलनमा भेट हुनेछ । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button