तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा एमालेका र उपप्रमुखमा काँग्रेस विजयी

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका रणबहादुर महरा निर्वाचित हुनुभएको छ । 

नगर प्रमुखमा निर्वाचित महराले ६ हजार ७ सय ७३ मत प्राप्त गर्नुभएको शुक्लाफाँटाका निर्वाचन अधिकृत तारा प्रसाद जोशीले बताउनुभयो । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चिन्तामणि भट्टले ६ हजार २ सय ६४ मत प्राप्त गर्नुभयो । 

त्यस्तै, शुक्लाफाँटा नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसका कल्पना कुमारी जोशी निर्वाचित हुनुभएको छ । उपप्रमुख जोशीले ६ हजार ५ सय १९ मत प्राप्त गर्नुभयो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका माधव प्रसाद पन्तले ५ हजार ३ सय ६० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तारा प्रसाद जोशीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button