तपाईँ सुन्दै हुनुहुन्छः

१ लाख ६ हजार ५ सय गणनामा बालेन कै अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा दिउँसो १२ बजेसम्म १ लाख ६ हजार ५ सय १६ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिलेसम्म काठमाडौ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिइरहनुभएको छ ।
उहाँले ३८ हजार ८ सय ९४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले २१ हजार ५ सय ३८ र नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापितले २० हजार ९ सय ६५ मत प्राप्त गर्नुभएको छ ।

यसैबीच काठमाडौ महानगरपालिका वडा नम्बर ७ मा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विमल कुमार होडा विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button