तपाईँ सुन्दै हुनुहुन्छः

महागढीमाई नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै काँग्रेस

बारा। महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । बाराको १६ वटा पालिकामा मध्ये १५ वटामा पुरानो अनुहार पराजय भए पनि महागढी नगरपालिकामा पुरानो अनुहार दोहोरिएको हो ।

महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर उपेन्द्र यादव र सोही पार्टीबाट उपमेयर तारादेवी कानु विजयी हुनु भएको हो ।

यादवले ८ हजार ६ सय ७० मत ल्याउँदा उहाँको प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका रामबाबु यादवले ७ हजार ३ सय ७६ मत प्राप्त गर्नुभएको छ । उपप्रमुख कानुले ७ हजार ९ सय ९७ मत ल्याई विजयी हुनु भयो भने प्रतिद्वन्द्वी एमालेका पुष्पाञ्जली देवीले ७ हजार १० मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button