तपाईँ सुन्दै हुनुहुन्छः

बाख्रा चराउन गएका वृद्धको भीरबाट लडेर मृत्यु

सल्यान । भीरबाट लडेर सल्यानमा वृद्धको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ जैतपानीका ७४ वर्षीय कल्चे डाँगीको गाउँ नजिकै रहेको भाँक्रेबारीमा भीरबाट लडेर मृत्यु भएको हो ।

शनिबार बाख्रा चराउन गएका वृद्ध डाँगी दिउँसो लडेर घाइते हुनुभएको थियो ।  घाइतेको सल्यान जिल्ला अस्पतालमा सामान्य उपचार पछि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो ।

डाँगीको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button