तपाईँ सुन्दै हुनुहुन्छः

वराहक्षेत्रमा प्रमुख कांग्रेसका कार्की र उप–प्रमुखमा एमालेकी राई निर्वाचित

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेसका रमेश कार्की प्रमुख र उप–प्रमुख नेकपा एमालेकी नन्दकुमारी सुनुवार निर्वाचित हुनुभएको छ । 

वराहक्षेत्र नगरपालिका प्रमुखमा निर्वाचित कार्कीले एमालेका निलम खनाललाइ ५ हजार १ सय ३९ को मतान्तरले पराजित गर्नुभएको हो ।  कार्कीले १९ हजार २ सय ९३ मत प्राप्त गर्नुभयो  । उहाँका निकटतम प्रतिद्वन्द्वी खनालले १४ हजार १ सय ५४ मत प्राप्त गर्नुभयो । खनाल वराहक्षेत्र नगरपालिकाका निवर्तमान नगर प्रमुख हुनुहुन्छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा खनालले कांग्रेसका बाबुराम विष्टलाई २९ सय ५७ मतले पछाडि पारेर विजयी हुनुभएको थियो । 

उपप्रमुखमा निर्वाचित एमालेकी नन्दकुमारी सुनुवारले १५ हजार ७ सय ६६  मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन दलबाट माओवादी केन्द्रका अमित गौतमले १० हजार ५ सय ४४ मत प्राप्त गर्नुभयो । 

२०७४ सालको स्थानीय तह निर्वाचन ११ वटा वडा रहेको वराहक्षेत्र एमाले ८ वटा वडासहित र बहुमत सदस्यसहित मेयर/उप– मेयर जितेको थियो  ।  यो पटक भने एमाले उपप्रमुख सहित ३ वटा वडाध्यक्ष र २० जना नगर सभा सदस्यमै खुम्चिनु पर्‍यो । 

वराहक्षेत्रको वडाअध्यक्षहरुमा १ मा नेकपा एमालेका किसान मगर, २ मा नेकपा एमालेका होमप्रसाद गौतम, ३ मा नेपाली कांग्रेसका राजदिप लामा , ४ मा नेकपा एमालेका आशाराम चौधरी , ५ मा नेपाली कांग्रेसका रोहित काफ्ले, ६मा नेपाली कांग्रेसका उद्भवप्रसाद पोखरेल, ७ नेपाली कांग्रेसका कपिल आचार्य, ८ मा नेपाली कांग्रेसका रोशन खड्का , वडा नं ९ मा नेपाली कांग्रेसका निरञ्जन चन्द्रवंशी , वडा नं १० मा नेपाली कांग्रेसका तेजबहादुर गुरुङ र ११ मा नेपाली कांग्रेसका कृष्णकुमार महत्त्व विजयी हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button