तपाईँ सुन्दै हुनुहुन्छः

रूपन्देहीको तिलोत्तमामा तीव्र प्रतिस्पर्धा : आइतबारदेखि खाँडको अग्रता

रूपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदका निकै कडा प्रतिस्पर्धा देखिएको छ। गृहमन्त्री बालकृष्ण खाँण र एमाले नेता घनश्याम भुसालको गृहनगर तिलोत्तमामा एमाले र कांग्रेसका उम्मेदवारबीच कडा मतगणनाको सुरुवातदेखि नै तीव्र प्रतिस्पर्धा देखिएको थियो ।

मतगणनाको सुरुवातमा कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका रामकृष्ण खाँणले झिनो मतले अग्रता लिनुभयो । त्यसको भोलिपल्टदेखि सयदेखि २ सय मतान्तरले एमालेका मोहन चापागाईँले अग्रता लिइरहनुभयो । शनिबार रातिसम्म १ सयदेखि ३ सय मतान्तरको बीचमा अग्रता लिनुभएका चापागाईँ आइतबार बिहानदेखि फेरि पछाडि पर्नुभएको छ । २७ हजार ३ सय ४० मतको परिणाम सार्वजनिक गर्दा अहिले गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खाँणले अग्रता लिनुभएको छ ।

आइतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार खाँणले १० हजार ५६२ मत प्राप्त गर्दा एमालेका चापागाईँले १० हजार ४ सय ९९ मत प्राप्त गर्नुभएको छ खाँण भन्दा चापागाईँ ६३ मतले पछाडि पर्नुभएको छ यति रोचक र कडा प्रतिस्पर्धाले प्रमुखमा कसले जित्छ आङ्कलन नै गर्न नसक्ने अवस्था देखा परेको छ।

उपप्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी जागेश्वरीदेवी चौधरी दोब्बर बढी अर्थात् ५ हजार १८९ मतले अगाडी हुनुहुन्छ । एमालेकी जागेश्वरीले १० हजार २०१ मत पाउँदा उहाँकी निकटतम प्रतिद्वन्द्वी गठबन्धन दलको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेले ५ हजार १२ मत प्राप्त गर्नुभएको छ। उपप्रमुखमा चौधरीको जित लगभग निश्चित जस्तै छ। चौधरी २०७४ सालमा पनि एमालेबाटै उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।

हालसम्म वडा नम्बर १, २, ३ १५, १६ र १७ नम्बर वडाको अन्तिम परिणाम आई सकेको छ। ती वडा मध्ये वडा नम्बर १ र १५ मा नेकपा एमालेले विजय हासिल गरेको छ भने वडा नम्बर २,३ १६ र १७ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button