तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको  छिन्नमस्ता गाँउपालिकाको अध्यक्षमा लोसपाका चौधरी विजयी 

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का विद्यान्नद चौधरी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी राजु देवी यादव विजयी हुनुभएको छ ।

२६ वर्षीय चौधरीले अध्यक्षमा १ हजार १ सय २९ मत अन्तरले विजयी हासिल गर्नुभएको हो । उहाँले २८९५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी नेपालका  सत्यनारायण यादवले १ हजार ७ सय ६६ मत प्राप्त गर्नुभयो । 

गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा माओवादीले जित हासिल गरेको छ । माओवादी केन्द्रकी राजुदेवी यादवले २ हजार ४ सय ७२ मत ल्याउनु भई  विजयी हुनुभएको हो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी प्रमिला देवी साहले १ हजार ५ सय ९५ मत प्राप्त गर्नुभयो । 

शनिबार अबेर रातिसम्म ७ वटै वडाको मतगणना सकिएको निर्वाचन अधिकृत सुर्यराज घिमिरेले जानकारी दिनु भयो । कुल १७ हजार ७ सय ५७ मतदाता रहेको छिन्नमस्ता गाउँपालिकामा १३ हजार ७ सय ४४ मत खसेको थियो । 

त्यसैगरी छिन्नमस्ताको वडा नम्बर १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका ललन प्रसाद यादव, वडा नम्बर २ मा जनमत पार्टीका सिकेन्दर साह, वडा नम्बर ३ मा जसपा नेपालका विजय यादव, वडा नम्बर ४ मा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का सुर्यनरायण यादव , वडा नम्बर ५ मा नेकपा एमालेका जयप्रकाश ठाकुर, वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका कपलेश्वर साह र वडा नम्बर ७ मा नेकपा एमालेका अच्छेलाल यादव निर्वाचित हुनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button