तपाईँ सुन्दै हुनुहुन्छः

धनगढी उपमहानगरकाे मेयरमा हमाल

स्वतन्त्र उम्मेद्वार गोपाल हमाल

धनगढी । धनगढी उपमहानरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार गोपाल हमाल निर्वाचित हुनु भएको छ । हमाल प्रतिस्पर्धी नेपाली काँग्रेसका नृपबहादुर वडको भन्दा दोब्बर बढी मत ल्याएर मेयरमा निर्वाचित हुनु भएको छ ।

यस्तै उपमेयरमा नेकपा एमालेका कन्दकला राना निर्वाचित हुनु भएको छ । मेयर र उपमेयर निर्वाचित भएको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

अन्तिम मत परिणाम केही बेरमा घोषणा गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button