तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीको इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

सुनसरी । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एमालेकी संगीता कुमारी चौधरी निर्वाचित हुनुभएको छ । 

गठबन्धनकोतर्फबाट उम्मेदवार बन्नुभएका पौडेलले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका याम कुमार सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गर्नुभएको हो ।  

७३ हजार ८ सय ३२ मत खसेको इटहरी उपमहानगरपालिकामा पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुँदा सुब्बाले २८ हजार ३१ मत प्राप्त गर्नुभयो । 

उपमेयरमा एमालेकी उम्मेदवार चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर विजयी हुनुभयो । उहाँले नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्टलाई १४ हजार ४ सय ५ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो ।  विष्टले १८ हजार ३१ मत मात्र प्राप्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button