तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

सोल । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले शनिबार नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । 

उहाँले पूर्व प्रधानमन्त्री समेत रहनुभएका हान डक सुलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको अधिकारीहरूले जानकारी दिएका छन् ।  

उहाँले आफूले भने यही मे १० मा शपथ लिनु भएको थियो । नवनियुक्त प्रधानमन्त्री सु यसअघि सन् २००७ देखि २००८ सम्म पनि प्रधानमन्त्री हुनुभएको थियो । उहाँले सन् २००९ देखि २०१३ सम्म अमेरिकाका लागि दक्षिण कोरियाको राजदूत भएर काम गर्नुभएको थियो । 

त्यसैगरी सन् २०१२ देखि २०१५ सम्म उहाँले कोरिया अन्तर्राष्ट्रिय व्यापार सङ्घको अध्यक्षको रुपमा पनि उहाँले काम गर्नु भएको थियो । प्रधानमन्त्री सुको जन्म ७२ वर्ष अगाडि दक्षिण कोरियाकै जेओन्जु सीमा भएको हो ।  रासस÷सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button