तपाईँ सुन्दै हुनुहुन्छः

युगान्डालाई १५ रनले हराउँदै नेपाल विजयी

काठमाडौँ । नेपालले पाहुना टोली युगान्डाविरुद्धको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा शुक्रवार भएको चौथो खेलमा युगान्डालाई १५ रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।

नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभर ५ बलमा अलआउट हुँदै ९७ रन बनाएको थियो ।

मैदान ओसिलो भएको कारण ढिला सुरु भएपछि खेल १८ ओभरमा घटाइएको थियो । तर, नेपालले पुरै ओभर खेल्न सकेन । यस जितसँगै नेपालले सिरिज क्लिन स्विप हुनबाट जोगाएको छ । तर, पाँच खेलको सिरिजमा नेपाल ३–१ ले पछि रहेको छ । युगान्डाले सिरिज यस अघि नै जितिसकेको छ ।

पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शनिबार अन्तिम टी–ट्वान्टी खेल्न खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button