तपाईँ सुन्दै हुनुहुन्छः

मुसहर समुदायबाट पहिलो वडाध्यक्ष जनप्रतिनिधिको रुपमा निर्वाचित

सुनसरी । सुनसरीमा मुसहर समुदायबाट पहिलो वडाध्यक्ष पदमा जनप्रतिनिधिको रुपमा निर्वाचित भएका छन् । 

कोसी गाउँपालिका वडा नम्बर–७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका २५ वर्षीय लालदेव सदा निर्वाचित भएका हुन् ।  

सदा अर्थात् मुसहर समुदायबाट पहिलो जनप्रतिनिधिको रुपमा निर्वाचित भएका उनले आफ्नै वडाका उदाहरण दिँदै जनता जागरूक भएकाले काम गर्ने जोश भएका युवाहरूलाई निर्वाचनमा चुनेकाले वडावासीहरूलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

उनले भने,‘मेरो जित भनेको दलित समुदायको जित हो । अब आउने निर्वाचनमा दलित समुदाय पैसाको प्रलोभन र रक्सीमा बिक्ने छैनन्। म आर्थिक अवस्थाले कमजोर भएपनि जनताले विश्वास गरेर मतदान गरी अत्यधिक मतले निर्वाचित गराएको छ । सबैको विश्वास र मतको कदर गर्नेछु र आगामी दिनमा विकसित वडाको रुपमा चिनाउनेछु ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button